• Saturday 31st of October 2026

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक, नयाँ आईजीपी नियुक्तिको तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठकले नयाँ आईजीपी नियुक्ति गर्ने सम्भावना रहेको छ । एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङमध्येबाट नयाँ प्रहरी महानिरीक्षक चुनिने छन् ।

जसमा थापा नयाँ आईजीपी बन्ने लगभग सहमति भइसकेको स्रोत बताउँछ ।

नेपाल प्रहरीको नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आजदेखि अनिवार्य अवकाश पाउँदै छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖