• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकामा नाइट्रोजन ग्याँस सुघाएँर दिइयो मृत्युदण्ड, थप ३ लाइ सुइ लगाएर दिइदैँ


  • धनकुटा खबर
  • .

न्युयोर्क, ६ चैत । अमेरिकाको लुइसियानामा सन् १९९६ मा एक महिलाको हत्या गरेको आरोपमा नाइट्रोजन ग्याँस प्रयोग गरी मृत्युदण्डको सजाय सुनाइएको छ ।

 

यसरी अमेरिकामा नाइट्रोजन ग्याँस सुघाएर मृत्यदण्ड दिइएको पाँचौं घटना हो । 

 

अधिकारीहरुका अनुसार ४६ वर्षीय जेसी होफम्यान जुनियरलाई लुइसियाना स्टेट पेनिटेनरीमा मंगलबार साँझ ६ः५० मा मृत घोषित गरिएको थियो। नाइट्रोजन ग्याँस उनलाइ १९ मिनेटसम्म सुघाइएको थियो । र, नाइट्रोजन सास फेर्दा होफम्यानको तत्कालै मृत्यु भयो।

 

जेसी होफम्यान २८ वर्षीया मेरी मोली इलियटको हत्यामा दोषी ठहर भएका थिए। खासमा हफम्यानले सन् १९९६ मा न्यू अर्लिन्समा १८ वर्षको हुँदा सो हत्या गरेका थिए । सो अपराधमा दोषी कररा भए पछि होफम्यानले आफ्नो वयस्क जीवनको अधिकांश समय दक्षिणपूर्वी लुइसियानाको जेलमा बिताए । मंगलबार भने उनलाई सोही कारागारमा नाइट्रोजन ग्याँस खुवाएर मृत्युदण्ड दिइएको हो ।

 

यस महिनाको सुरुमा होफम्यानका वकिलहरू सो मृत्युदण्ड रोक्नको लागि अन्तिम प्रयासमा सर्वोच्च अदालत गएका थिए तर त्यहाँवाट पनि कुनै राहत पाएनन्। उनीहरूले मृत्युदण्ड दिने यो विधि क्रूर भएको बताएका थिए तर लुइसियानाका अधिकारीहरूले अदालतमा भने नाइट्रोजन ग्याँसको दण्डमा व्यक्तिलाई कुनै पीडा हुँदैन भनेर तर्क गरेका थिए । सर्वोच्च अदालतले लुइसियानाका अधिकारीहरूको पक्षमा ५–४ को बहुमतले फैसला सुनाएका थियो। यस पछि मंगलबार होफम्यानलाई नाइट्रोजन ग्याँसले मृत्युदण्ड दिइएको हो ।

केही व्यक्तिले मंगलबार दिउँसो जेलबाहिर विरोध प्रदर्शनसमेत गरेका थिए तर यो विरोधले होफम्यानलाई दिइएको मृत्युदण्डको योजनामा ​​कुनै प्रभाव भने पार्न सकेन् । 

 

यसै हप्ता अमेरिकामा थप ३ जनालाई मृत्युदण्ड दिइने छ । तीनै जनालाई सुई लगाएर मारिने छ । एरिजोनामा बुधबार एक जना र फ्लोरिडा र ओक्लाहोमामा बिहीबार थप दुई जनालाई मृत्युदण्ड दिइने जनाइएको छ ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖