आज पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखकाली मन्दिरमा पूजाआजा गरेका छन्।
बिहान ९ बजे आबुखैरेनीबाट मोटरसाइकल र्यालीसहित गोरखा दरबार पुगेका उनले दरबार अवलोकन गर्दै दुई घण्टा पूजा गरे।
समर्थकहरूको स्वागतपछि उनी पुनः आबुखैरेनी फर्किए। भोलि मनकामना मन्दिरमा पूजा गर्ने कार्यक्रम छ।