• Saturday 31st of October 2026

नाउपा-जनमतबीचको एकीकरणपछि रञ्जिता र सिके राउत अध्यक्ष


  • धनकुटा खबर
  • .

काठमाडौं, १० चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीको एकतापछि डा.सिके राउत र रञ्जिता श्रेष्ठ दुवै जना अध्यक्ष बन्ने भएका छन् । दुई दलबीचको एकता अगामी वैशाखभित्र टुङ्गिने बताइएको छ ।

नाउपाका संरक्षक रेशमलाल चौधरीका अनुसार एकतापछि नाउपाबाट रञ्जिता र जनमतबाट डा.राउत दुवैले पार्टीको नेतृत्व गर्नुपर्ने आवाज उठिरहेको छ र सोहीअनुरुप गृहकार्य भइरहेको छ ।

‘जनमत पार्टीबाट डा.सिके राउतले र नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिताजीले नेतृत्व गर्नुपर्छ भन्ने दुवै पक्षको चाहना, इच्छा र समर्थन छ । निश्चय पनि सिके राउतजीको पार्टी, जनमत पार्टी हाम्रो भन्दा संसदीय संख्यामा ठूलो हो र राष्ट्रिय पार्टी भनेर कहलिएको पार्टी हो । हामीले उहाँभन्दा अलिकति थोरै मत ल्याएका छौं ।

त्यस कारणले संवैधानिक, कानुनतः सामाजिक मर्यादाहरु पनि बरियता क्रममा तलमाथि होला । तर, हामी एकअर्कालाई सम्मान गर्दै स्विकारेर जान्छौं,’– नाउपाका संरक्षक डा.राउतले प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖