• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पोप फ्रान्सिस ३८ दिन पछि डिस्चार्ज हुदैँ


  • धनकुटा खबर
  • .

काठमाडौं, १० चैत । पोप फ्रान्सिसलाई ३८ दिनसम्म दुवै फोक्सोमा निमोनियासँग लड्दै आइतवार अस्पतालबाट डिस्चार्ज गरिने भएको छ । 

 

यो जानकारी उनका चिकित्सकहरुले दिएका हुन् ।

 

जेमेलीको मेडिकल डाइरेक्टर डा. सर्जियो अल्फेरीले फ्रान्सिसलाई भ्याटिकनमा निको हुन कम्तिमा २ महिना आराम गर्नुपर्ने बताए। फ्रान्सिसलाई ब्रोन्काइटिसका कारण १४ फेब्रुअरीमा जेमेली अस्पतालमा भर्ना गरिएको थियो । पछि उनलाई निमोनिया भयो, जसले उनको ज्यानलाई खतरामा पारेको थियो।

 

पोप फ्रान्सिसका डाक्टरहरूले १ महिनामा पोपको अवस्थाको बारेमा पहिलो व्यक्तिगत अपडेट प्रदान गरेका छन । यो संकेत हो कि उनले डबल निमोनिया विरुद्धको लडाईमा राम्रो र स्थिर प्रगति गरेका छन्।

 

८८ वर्षीय फ्रान्सिसलाई फेब्रुअरी २१ मा जेमेली अस्पतालमा ल्याइए पछि उनलाई पटकपटक सास फेर्न समस्या भएको थियो, जसले उनको अवस्था नाजुक बनाएको थियो, यद्यपि उनको अवस्था अहिले ठीक छ ।

 

अर्को समाचार अनुसार भ्याटिकनले घोषणा गर्‍यो कि फ्रान्सिस आइतवार बिहान अस्पतालमा उनको १० औं तल्लाको सुइटबाट तीर्थयात्रीहरूलाई आशीर्वाद दिन आइ पुग्नेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖