• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

तीनकुनेको एक घरमा राजावादीहरुले आगो लगाइदिएपछि


  • धनकुटा खबर
  • .

काठमाडौं । तीनकुनेको एक घरमा आगजनी भएको छ। राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो ।

यसअघि यही घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड गरेका थिए । सोही घर माथि रहेका प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।

एक प्रत्यक्षदर्शीले भने, ‘त्यहाँ प्रदर्शनकारीले पनि ढुंगा हानेका थिए । केहीबेरमा माथिबाट कागज झरेको जस्तो देखिन्थ्यो । अनि केही पड्किएको पनि सुनियो । एकछिनमै ह्वारह्वारती आगो बलेको देखियो ।’

आगो बलेर धुवाँको मुस्लो निस्किएको धेरैबेरपछि मात्र आगो निभाउन दमकल पुगेको थियो । सो दमकलमाथि पनि प्रदर्शनकारीले ढुंगामुढा गरिरहेका छन् ।

प्रहरीले माइकिङ गर्दै संयमित हुन आह्वान गरिरहेको छ । रमिता नहेर्न र आ–आफ्नो घर जान भनिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖