• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

महानगरद्वारा पूर्वराजा माथि जरिवाना, समर्थकले थाले रकम संकलन अभियान


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ। शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा तोडफोड र फोहोर गरेको आरोपमा महानगरले यो कारबाही गरेको हो।

महानगरले शनिबार जरिवानाको निर्णय गरेको थियो र आइतबार (आज) निर्मल निवासमा जरिवानाको पत्र लिएर जाने तयारी गरेको छ। पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासका नाममा ८ वटा छुट्टाछुट्टै पत्र काटेर उक्त जरिवाना लगाइएको छ।

यस घटनासँगै पूर्वराजाका समर्थक र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महानगरका मेयर बालेन साहको यो कदमलाई ‘राजनीतिक स्टन्ट’ भन्दै आलोचना गरेका छन्। उनीहरूले जनताको आन्दोलनमा पूर्वराजाको नाम जोड्नु अनुचित भएको बताएका छन्।

सामाजिक सञ्जालमा राजावादीलाई समर्थन गर्दै आएका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलाले जरिवाना रकम तिर्ने अभियान सुरु गरेका छन्। उनले ‘लौ म ५० हजार दिन तयार छु, अरू को हुनुहुन्छ, सबै मिलेर तिरौं’ भन्दै सहयोग आह्वान गरेका छन्। यस अभियानमा रकम संकलन भइरहेको छ।

यसअघि बास्तोलालाई राजावादी प्रदर्शनको समर्थन गरेको भन्दै पोर्चुगलको लिजवन सहरको पर्यटन प्रवर्द्धक पदबाट हटाइएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖