• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

आज सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान,कति पुग्यो ?


  • धनकुटा खबर
  • .

स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आइतबार (आज) सुन प्रतितोला एक लाख ७६ हजार ८०० रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ६०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च भएको हो।

यसअघि गत शुक्रबार सुन प्रतितोला एक लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य घटेको छ।

यसअघि प्रतितोला दुई हजार ४० रुपैयाँ रहेको चाँदी आज दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖