• Friday 30th of October 2026

तीनकुने घटनाको मूल जिम्मेवार पूर्वराजा हुन्ः ओली


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुने क्षेत्रमा भएको आगजनी, लुटपाट र तोडफोडको मूल जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा भएको प्रदर्शनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोडको मूल जिम्मेबारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएका हुन् ।आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुँदैन ।

यसमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ?,’ ओलीले प्रश्न गर्दै भने, ‘मानिसलाई मर्न दुरुत्साहन गर्ने जनकमाण्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटापाट, शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ ?यी सबै घटनाको मूल जिम्मेवार उहाँ हो, उहाँले लिनु पर्छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖