• Saturday 31st of October 2026

नेपालकै मन्दिरमा लुकेर बसेको छु भन्ने दुर्गा प्रसाईं ठोरी हुँदै भारत भागेको खुलासा


  • धनकुटा खबर
  • .

काठमाडौं – गत शुक्रबार काठमाडौंमा आतंक मच्चाएर फरार भएका दुर्गा प्रसाईं पर्साको ठोरी हुँदै भारत भागेको खुलेको छ ।कान्ति लोकपथको बाटो हुँदै चितवन र पर्साको ठोरी हुँदै शुक्रबार मध्यरातमा भारत पुगेको अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी दिएका हुन् ।

प्रसाईं शुक्रबार रातारात ठोरी हुँदै भारत छिरेको अनुसन्धानका क्रममा देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतलले खुलाशा गरेका छन् भारतीय प्रहरीलाई प्रसाईंलाई पक्राउका लागि सहजीकरण गर्नका लागि कुराकानी ती अधिकारीको भनाई छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआर्ईबी)को टोलीले भारतीय प्रहरीसँग समन्वय थालेको उनले बताए । तर सोमबार बिहान झापा आएको भन्ने अपुस्ट सूचना पनि प्रहरीलाई प्राप्त भएको उनले जानकारी दिए ।

‘भारतमै पक्राउ पर्ने देखेपछि सोमबार बिहान प्रसाईं गृहजिल्ला झापा प्रवेश गरेको भन्ने सूचना आएको छ, अहिलेसम्म पुष्टि भइसकेको छैन, हामी अनुसन्धान गरिरहेका छौं,’ प्रहरीका ती अधिकारीले भने, ‘केही समय लाग्ला तर उनी पक्राउ पर्छन् । कानूनी दायरामा ल्याएरै छाड्छौं ।’

तर, राजा फर्काउने आन्दोलनका कमान्डर प्रसाईंले चैत १७ गते दिउँसो भिडियो सन्देश जारी गर्दै आफू काठमाडौंको एक मन्दिरमा सुरक्षित रहेको दाबी गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖