काठमाडौं । आगामी २४ घण्टाभित्र भारतको दिल्लीमा ७ म्याग्निच्युडको भूकम्प आउन सक्ने भविष्यवाणी सार्वजनिक भएपछि राजधानीका बासिन्दामा त्रास फैलिएको छ। विकास जियोसेन्सिङ प्राइभेट लिमिटेडका निर्देशक विकास कुमारले यो दाबी गरेका हुन्।
कुमारका अनुसार, दिल्लीमा भूकम्पको चेतावनी प्रणालीबाट प्राप्त संकेतहरूको आधारमा, स्थानीय समयानुसार ३१ मार्चको बिहान ७ः१५ बजे भूकम्पको प्रारम्भिक संकेत दिल्लीबाट २० डिग्री उत्तर–दक्षिणमा, १०० किलोमिटर टाढा देखिएको थियो। उनका अनुसार, यस भूकम्पको तीव्रता ३ देखि ५ म्याग्निच्युडको बीचमा हुन सक्ने अनुमान गरिएको छ।
उनले भने, ‘दोस्रो संकेत भारत–नेपाल सीमा क्षेत्रमा प्राप्त भएको छ र यो दिल्लीको उत्तरपूर्वतिर ४५ डिग्रीमा स्थित छ। यसका आधारमा, ५ देखि ७ म्याग्निच्युडको भूकम्प आउन सक्छ।’ कुमारका अनुसार यो भूकम्प २४ घण्टाभित्र आउन सक्ने सम्भावना रहेको छ।
तर, भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले यो दाबीलाई आधारहीन र अफवाह भनेको छ। केन्द्रका निर्देशक ओपी मिश्राले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत स्पष्ट पारेका छन् कि, ‘विकास कुमारले गरेको यो भविष्यवाणी हामीसँग कुनै स्वीकृतिका साथ गरिएको छैन र यसका आधारमा जनतामा डर र आतंक फैलाउनु उचित होइन।
