काठमाडौं, १९ चैत । गैरकानुनी रूपमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाइएको भन्दै कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्दाहेर्दैमा राखिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय डा.कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइको लागि पेशी तोकिएको सो रिटमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।
