• Monday 5th of October 2026

सैफ अली माथी छुरा हानिएकाे घटना बारे करिनाले खाेलिन रहस्य


  • धनकुटा खबर
  • .

मुम्बई, ३१ चैत । सैफ अली खानको छुरा प्रहार प्रकरणमा बान्द्रा प्रहरीले मेट्रोपोलिटन मजिस्ट्रेट अदालतमा आरोपपत्र दायर गरेको केही दिनपछि अब यसको विवरण बाहिर आएको छ।

 

यसै अनुसार जनवरी १६ मा बलिउड अभिनेता सैफ अली खानलाई घरमा छुरा प्रहार गर्ने व्यक्तिसँग झगडा गरिरहँदा उनकी श्रीमती तथा बलिउड अभिनेत्री करिना कपुर खानले उनलाई आक्रमणकारीलाई छोडेर आफ्नो सुरक्षा र उपचारलाई प्राथमिकता दिन आग्रह गरेको खुलेको छ।

 

करिना कपुरले पुलिसलाई दिएको बयानमा यो कुरा भनेकी हुन, जसलाई चार्जशीटको हिस्सा बनाइएको छ। यस मामिलामा पक्राउ परेका बंगलादेशी नागरिक मोहम्मद शरीफुल फकिर विरुद्ध बान्द्रा पुलिसले १६ सय १३ पृष्ठको चार्जशीट दायर गरेको छ।

 

आरोपपत्रका अनुसार करीना आफ्नी साथी रिया कपूरलाई भेटेर जनवरी १६ मा बिहान १ः२० बजे मात्रै घर फर्किएकी थिइन् । ‘करिब २ बजेतिर जुनु (जहाङ्गिरकी आमाबुवा) कराउँदै मेरो कोठामा आउनुभयो, जयबाबाको कोठामा एकजना मानिस हातमा छुरी लिएर आएका छन्, पैसा मागिरहेका छन् भनेर आत्तिदै भने।’

 

त्यसपछि करीना र सैफ जहाँगीरको कोठामा पुगे र अभियुक्त आक्रमणकारीलाई पहिलो पटक देखेका थिए । आरोपपत्रका अनुसार सैफले लुटेरालाई भेटे र सोधे ‘को हो, तिमी के चाहन्छौ ?’ भन्दै आरोपीतिर लागेका मात्रै के थिए, त्यसपछि अभिनेता र आरोपित बीच झडप सुरू भयो।

 

करीनाले भनिन्,  ‘सैफले आक्रमणकारीलाई काखमा समातेर लडाए तर आक्रमणकारीले उनको घाँटी, ढाड र हातमा छुरीले प्रहार गरिरहेको थियो ।’ आरोप पत्रमा भनिएको छ कि अर्की नानी गीता सैफलाई मद्दत गर्न दगुरे तर आक्रमणकारीले उनलाई पनि आक्रमण गरे र उनको हातमा पनि चोट लागेको थियो ।

 

त्यसपछि करिनाले चिच्याइन्, ‘जैबाबा (जहांगीर) लाई चाँडै बाहिर निकाल्नुहोस् ।’ करीना जहाँगीर, तैमुर र आलेम्मासँगै बाह्रौं तलाको कोठामा दौडिन्। केही समय पछि सैफ बाह्रौं तल्लाको कोठामा आए, उनको लुगा रगतले भिजेको थियो र उनको ढाड र घाँटीमा घाउ थियो ।

 

‘सैफले आक्रमणकारीलाई पक्रने हरसम्भव प्रयास गरिरहेका थिए, त्यतिन्जेल हाम्रा सेवक हरि, रामु, रमेश र पासवान सहयोग गर्न आए। हामी सबैले आक्रमणकारीलाई खोज्ने प्रयास गर्‍यौं, तर कतै फेला पार्न सकेनौं। त्यतिबेला सैफको उपचार बढी जरुरी भएकोले मैले भनेँ, ‘यो सब छोड, पहिले तल गएर अस्पताल लैजाउ । हामी सबै आफ्नो ज्यान जोगाउन लिफ्टबाट ओर्लियौं।’

 

हरिले सैफलाई अटोरिक्शामा लिलावती अस्पताल लगेका थिए, तैमुर पनि साथमा थिए । पछि करीनाले आफ्नी बहिनी करिश्मा कपूर र म्यानेजर पूनम दमानियालाई मद्दतको लागि सम्पर्क गरिन्। उनका म्यानेजरका श्रीमान् तेजस दमानियाले प्रहरीलाई खबर गरेपछि अफिसर आएर परिसरमा खोजी गरेका थिए तर आक्रमणकारीको कुनै पत्ता लागेन।

 

सैफ अली खानलाई १६ जनवरीको बिहान उनको मुम्बईको घरमा एक घुसपैठिले चक्कुले आक्रमण गरेको थियो। मोहम्मद शरीफुल इस्लाम शहजाद नाम गरेका आरोपी केही दिनपछि पक्राउ परेका थिए र हाल जेलमा छन्। उसमाथि मुम्बईस्थित सैफ अली खानको घरमा लुटपाटको नियतले प्रवेश गरेको आरोप छ । उनले अभिनेता र उनका कर्मचारीलाई काठको हतियार र ब्लेडले आक्रमण गरेको आरोप पनि लगाइएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖