• Tuesday 6th of October 2026

भुकम्पमा परि खप्तड छेडेदह ४ का दिर्घ धामीको दाँया खुट्टा भाचियो


  • धनकुटा खबर
  • .

बाजु्रा —बाजुराको खप्तड छेडेदह गाउँपालिका ४ खातिगाउँका २० बर्षका दिर्घ धामीको भुकम्पमा परि दाँया खुट्टा भाँचिएको छ । मंगलबार बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर आएको भुकम्पमा परि उनको दाँया खुट्टा भाचिएको वडा अध्यक्ष दल बहादुर धामीले बताएका छन ।

धामी बझाङको छविस पाथीभरा गाउँपालिका १ मा सडक निर्माण गर्न गएका थिए । सोहि ठाउँमा भुकम्पमा परि माथिबाट आएको ढुङगाले धामी गम्भिर घाइते भएका वडा अध्यक्ष धामीले बताए । अहिले घाइते धामीको धनगढीको नोभा अस्पतालमा उपचार भइरहेको छ ।

उनलाई उपचारका लागि हिजो नै जिल्ला अस्पतालमा लगिए पनि त्यँहा सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरिएको उनका आफन्तले बताएका छन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖