• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

जंगलमा अचेत अवस्थामा फेला परेका वडाध्यक्षको मृत्यु


  • धनकुटा खबर
  • .

कञ्चनपुर । वेदकोट नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जनक विष्टको उपचारका क्रममा मृत्यु भएको छ। ४५ वर्षीय विष्ट बुधवार साँझ वेदकोट नगरपालिका–३ स्थित बेतकोट ताल नजिकैको जंगलमा अचेत अवस्थामा फेला परेका थिए।

स्थानीयवासीले जंगलमा अचेत अवस्थामा फेला पारेपछि उनलाई तत्कालै उपचारका लागि महेन्द्रनगरस्थित महाकाली अस्पतालमा पुर्‍याइएका थिए ।

अस्पतालमा भर्ना गरिएपनि उपचारका क्रममा राति ८ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार प्रारम्भिक अनुसन्धानमा विष सेवन गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖