• Tuesday 6th of October 2026

सेनाको ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली सेनाको ट्रकको ठक्करबाट काठमाडौँमा एक स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–१३ ताहचल घर भएकी आकृति शर्मा रहेको प्रहरीले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी पोषराज पोखरेलका अनुसार घटनामा संलग्न प.३०१–००१ ग ३७०५ नम्बरको ट्रक चालक नेपाली सेनाका हवल्दार मोहम्मद नुर रयानदेबानलाई नियन्त्रणमा लिइएको छ ।

उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । यसबारे थप अनुसन्धान भइरहेको पोखरेलको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖