• Sunday 4th of October 2026

‘जवान’ ले कमायो ११ सय करोड


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म ‘जवान’ ले विश्वभरबाट ११ सय करोड कमाएको छ।

भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार २८ दिनमा फिल्मले विश्वभरबाट ११ सय करोड कमाएको हो। योसँगै फिल्मले छोटो समयमा सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्मको रेकर्ड राखेको छ।

‘जवान’ ले विश्वभरबाट १२९ करोड ६ लाख भारू कमाउँदै सर्वाधिक ओपनर फिल्मको रेकर्ड राखेको थियो।

‘जवान’ ले भारतमा मात्रै ६१५ करोड ७२ लाख कमाएको छ। यो हिन्दी, तमिल र तेलुगु संस्करणको कमाइ हो।

एटली कुमारले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा गौरी खानको लगानी छ।

फिल्ममा शाहरूख डबल रोलमा देखिएका छन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा छिन्। जिके विष्णुले छायांकन गरेको फिल्मलाई रूबेनले सम्पादन गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖