• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

आँफुलाई ‘मेमोरी किंग’ भनेर चिनाउने विजयी शाहीले पाए साढे तीन आना जग्गा उपहार


  • धनकुटा खबर
  • .

काठमाडौँ – ‘मेमोरी किंग’ भनेर चिनिएका विजयी शाहीले साढे तीन आनाको जग्गा उपहार पाएका छन् ।

आशिष राणा नामका व्यापारीले काठमाडौँमा झण्डै १ करोड पर्ने जग्गा उपहार दिएका हुन् । राणाले शाहीकोे स्मरण शक्तिबाट प्रभावित भएर सम्मान स्वरुप जग्गा उपहार दिएको बताइएको छ ।

शाहीलाई काठमाडौंमा साढे तीन आनाको जग्गा उपहार प्राप्त भएको खबरले सामाजिक सञ्जालमा तहल्का मच्चाएको हो ।

सामाजिक सञ्जालमा यो खबर साझा गर्दै शाहीले लेखेका छन्, ‘मेरो क्षमता देखेर सम्मानस्वरूप जग्गा उपहार दिनु भएकोमा आशिष सरलाई धन्यवाद।’ अर्को एक पोस्टमा उनले लेखेका छन्, ‘मेरो क्षमता पहिचान गरी यस्तो अमूल्य उपहार प्रदान गर्नु भएकोमा आदरणीय आशिष राणा सरप्रति गहिरो धन्यवाद प्रकट गर्न चाहन्छु।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖