• Thursday 29th of October 2026

संगै पक्राउ परेका राप्रपाका धवल शमशेर राणा छुटेपछि हिरासतमा रहेका मिश्रले पोखे पार्टीप्रति गुनासो


  • धनकुटा खबर
  • .

काठमाडौ । तिनकुने घटना प्रकरणमा संगै पक्राउ परेका राप्रपाका धवल शमशेर राणा र मिश्रमध्ये राणा छुटेपछि हिरासतमा रहेका मिश्रले पार्टीप्रति गुनासो पोखेका छन्।

पार्टीले वास्ता नगरेको महसुस गरिरहेका उनले प्रहरीसँग निष्पक्ष अनुसन्धानको माग गरेका छन्।

राणा छुटेपछि राजेन्द्र लिङ्देनसहित नेताहरूको भेटघाट पातलिएको छ।
पहिले दिनदिनै हिरासत पुग्ने नेताहरू अब देखिन छाडेका छन्।

राणाको रिहाइका लागि परिवारले प्रधानमन्त्रीदेखि परराष्ट्रमन्त्रीसम्मको ढोका ढकढक्याए, तर मिश्रका लागि यस्तो पहल भएको छैन।
मिश्रको गुनासो छ– “पार्टीले मेरो पक्षमा बोलेन।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖