• Thursday 29th of October 2026

विद्युत प्राधिकरणमा एमालेको प्रस्ताव स्वीकार्यौं, अब गभर्नर कांग्रेसले पाउनुपर्छः प्रवक्ता महत


  • धनकुटा खबर
  • .

काठमाडौं, १३ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकको गभर्नर आफूहरुको मागमा पर्नुपर्ने बताएका छन् ।

आज दाङमा आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सत्तारुढ दल नेकपा (एमाले) को प्रस्ताव स्वीकार गरिएको र गभर्नर कांग्रेसले पाउनुपर्ने बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

अहिले गठबन्धनको सरकार भएकाले कांग्रेसले कम्तीमा ५० प्रतिशत पाउनुपर्ने उनले बताए । हुँदै नहुनु भन्दा ५० प्रतिशतमात्रै पाएको कुरालाई राम्रो मान्नुपर्ने उनले बताए ।

उनले कांग्रेस सत्तामा नहुँदा नेता तथा कार्यकर्ताहरुले असुरक्षित महसुस गरेको, पुलिस प्रशासनलाई जायज कुरा भन्यो भने पनि टेरपुच्छर नलगाएको उयनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖