• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

भोली सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

काठमाडौं – काठमाडौं नगर पञ्चायतका उपप्रधानपञ्चसमेत रहेका तीर्थराम डंगोलको निधनमा काठमाडौं महानगरपालिकाले आइतबार शोक बिदा दिएको छ ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै डंगोलले सहर निर्माण, सहरी व्यवस्थापन र प्रवर्द्धन तथा सामाजिक सेवामार्फत् रुपान्तरणमा पुर्‍याएको योगदानको सम्मानस्वरूप बिदा दिने निर्णय गरिएको जनाएको छ ।

अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयमा बिदा दिइएको प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेद्वारा जारी सूचनामा उल्लेख छ ।

नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत रहेका डंगोलको गएराति निधन भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖