• Thursday 29th of October 2026

राज्यमन्त्री छँदा कान्छारामले गभर्नर नियुक्तिको विषयमा २० करोडको डील गरेको आरोप, प्रमाण सार्वजनिक गरिदिने चेतावनी


  • धनकुटा खबर
  • .

काठमाडौं, १३ वैशाख । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवं पूर्व मन्त्री महेश बस्नेतले कांग्रेस नेता पूर्णबहादुर तामाङ (कान्छाराम) ले राज्यमन्त्री छँदा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा २० करोडको डील गरेको आरोप लगाएका छन् । नेता बस्नेतले कान्छारामले २० करोडको डील गरेको प्रमाण आफूसँग रहेको दाबी गरेका छन् ।

कान्छारामलाई नेता बस्नेतले ‘भ्रष्टाचारीहरूको नाइके’ को संज्ञा दिँदै भनेका छन्, ‘मसँग गभर्नर बनाउने विषयमा तिम्रै पार्टीको नेतासँग तिमीले २० करोडको डील गरेको प्रमाणसहित तिम्रा हरेक भ्रष्ट कर्तुत सार्वजनिक गर्न सक्ने स–प्रमाण हैसियत छ र हरेक झूटको जवाफ दिनसक्ने साहस पनि छ ।’

कान्छारामले आफ्ना बारेमा विभिन्न आरोप लगाएको र अनावश्यक टिकाटिप्पणी गरेको भन्दै उनले प्रमाणबिना नबोल्न चेतावनी दिएका छन् । बिना प्रमाण आफ्नो बारेमा बोल्दै गएको खण्डमा रामेछापका जनताले जिब्रो थुतिदिनेसमेत नेता बस्नेतले चेतावनी दिएका छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖