गैँडाकोट– नवलपुरको गैँडाकोटमा शनिवार जिपको छतबाट खसेर गम्भिर घाइते भएका २२ वर्षका युवकको उपचारको क्रममा ज्यान गएको छ ।
गैँडाकोटको दमारबाट नवलपुरको बुलिङटार जाँदै गरेको लु १ ज ४८०४ नम्बरको जिपको छतबाट खसेर गम्भिर घाइते भएका बुलिङटार गाउपालिका वडा नं. १ बस्ने २२ वर्षका मिनबहादुर रानाभाटको उपचारको क्रममा काठमान्डौमा आज विहान मृत्यु भएको हो ।
शनिवार दिउसो ३ वजे भएको दुर्घटनामा परि गम्भिर घाइते भएका रानभाटलाई चितवन मेडिकल कलेजमा समान्य उपचार पश्चात थप उपचारका लागि काठमान्डौ रिफर गरिएको थियो ।दुर्घटना पश्चात जिप र त्यसका चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
नवलपुरका ग्रामीण भेगमा चल्ने सवारीसाधनले छतमा समेत यात्रुहरु राख्दा दुर्घटनाको जोखिम बढ्दै गएको छ । ट्राफिक प्रहरीले यसतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।
