• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

पाल्पामा जिप दुर्घटना : ३ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आइतबार राति असारेबाट ठूलोपोखरी जाँदै गरेको लु ३ च २३५७ नम्बरको जिप अनियन्त्रित भई करिब २०० मिटर तल खसेको हो।

दुर्घटनामा जनक रेगामी (२२), दिपेन्द्र बुढा (३६) र चेतनारायण विक (३१) को उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुनिल मल्लले जानकारी दिए।

जिप चालक रञ्जन रेस्मी (२७) र सरोज बुढा (२२) घाइते भएका छन्। उनीहरुको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖