• Tuesday 6th of October 2026

वडा कार्यालयद्धारा भारतीय नागरिकलाई नेपालमै जन्मिएको प्रमाणित


  • धनकुटा खबर
  • .

कञ्चनपुर। कञ्चनपुरमा एक वडा कार्यालयले भारतबाट आएका भारतीय नागरिकलाई नेपालमै जन्मिएको प्रमाणित गरिदिएको छ ।कञ्चनपुर पुनर्वास नगरपालिका-८ नम्बर वडा कार्यालयले भारतीय नागरिक बालमुर्गन किटप्पालाई नेपालमै जन्मिएको प्रमाणित गरिदिएको हो।

वडाध्यक्ष राना श्रवणले भारतीय नागरिक किटप्पालाई नेपाली नै प्रमाणित गरीदिएका हुन्। वडाध्यक्षले कानुनविपरीत भारतीय नागरिकलाई नेपालमै जन्मिएको प्रमाणित गरिदिएपछि यो बिषय बिवादमा परेको छ। भारतको मदुराई गाँउका नागर्जुन किटप्पा र बिमला किटप्पाका छोरा बालमुर्गन किटप्पा नेपालमै जन्मिएको प्रमाणित गरिदिएपछि वडा कार्यालय विवादमा परेको हो। ४४ बर्षिया भारतीय नागरिक किटप्पालाई वडाले गत बर्ष नेपालमै जन्मिएको प्रमाणित गरेर गैर कानुनी काम गरेको छ।

जबकी किटप्पा भारतमै जन्मिएको र भारतीय नागरिक हुन। वडाध्यक्ष राना श्रवणले १९ फागुन ०७९ अर्थात ३ मार्च ०७९मा नेपालमै जन्मिएको प्रमाणित गरिदिएको तथ्य बाहिरिएको छ। किटप्पा सन १९८० अप्रेल ३ अर्थात चैत्र २६ २०३६ भारतमै जन्मिएका थिए। भारतीय नागरिक बालमुर्गन किटप्पाको आयकर विभागको परिचय पत्रमा समेत ३ मार्च १९८०मा जन्ममिति राखिएको छ। भारतीय नागरिकलाई नागरिकता दिलाउन जन्ममिति प्रमाणित गरिदिएपछि स्थानीयले वडाध्यक्षका गतिबिधी शंस्कापद भएको भन्दै छानबिनको माग अघि सारेका छन।

यसरी भारतीय नागरिकलाई नेपालमा जन्मिएको प्रमाणित दिने कार्य गैर कानुनी एव राष्ट्रघात भएको भन्दै छानबिन गर्दै दोषि उपर कार्बाहीको माग अघि सारेका हुन। पुनर्वास नगरपालिका ८ का वडाध्यक्ष राना श्रवणले उक्त विषयमा आफुमाथि केही षड्यन्त्र भईरहेको बताए। उनले आफुले जानीजानी प्रमाणित नगरेको र बाहिर आएको पत्रको पुरै प्रमाण कार्यालयमा पनि नभेटिएको बताए। म माथि भईरहेको षड्यन्त्र हो म पनि कार्यालय पुगेर छानबिन गर्छु उनले भने ।

यस्तै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले उक्त विषयमा छानबिन भईरहेको बताए। उनले भारतीयलाई नेपालमै जन्म भएको प्रमाणित गरेको विषयमा हामी छानबिन गरिरहेको प्रजिअ अधिकारीले बताए। प्रजिअ अधिकारीले नागरिकता बारे नयाँ व्यवस्था सम्बन्धी पालिका जनप्रतिनिधीसंग अभिमुखिकरण गरिने बताए। जो दोषि भेटिए कार्बाही प्रक्रिया अघि बढाउने उनले जानकारी दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖