• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

हतकडीसहित फरार थुनुवा महिला समात्न गएको प्रहरीले जे देख्यो…


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारी वकिल कार्यालय कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिला भारतको पलियाबाट पक्राउ परेकी छन्।

मानव बेचबिखन मुद्दामा पक्राउ परेकी टीकापुर नगरपालिका–१ की ५० वर्षीया मीना शाही दमाईलाई भारतको पलियाबाट पक्राउ गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले जानकारी दिए।

दमाई शनिबार जिल्ला सरकारी वकिलको कार्यालयमा म्याद थपका लागि लैजाँदै गर्दा फरार भएकी थिइन्। उनलाई पलियामा लुकेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

थुनुवा हतकडीसहित भागेपछि जिम्मेवार ठहरिँदै प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको एसपी विष्टले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖