• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रूसी युद्दमा उत्तर कोरियाका ६०० बढी सैनिक मारिएः दक्षिण कोरिया


  • धनकुटा खबर
  • .

सियोल, १८ बैशाख । रुससँग मिलेर युक्रेनी सेनासँगको लडाइँमा ४ हजार ७०० उत्तर कोरियाली सैनिक मारिएका वा घाइते भएको दक्षिण कोरियाको गुप्तचर निकायले बुधबार संसदलाई जानकारी गराएको छ ।

दक्षिण कोरियाको खुफिया एजेन्सीको मूल्याङ्कन अनुसार उत्तर कोरियाले पहिलो पटक रुसलाई कुर्स्क क्षेत्रका केही भागहरू कब्जा गर्न मद्दत गर्न लडाकु सेना पठाएको पुष्टि गरेको दुई दिनपछि यो खबर आएको हो। जसमा गत वर्ष युक्रेनको घुसपैठका कारण रुसले अचानक नियन्त्रण गुमाएको थियो ।

 

‘दक्षिण कोरियाको नेशनल इन्टेलिजेन्स सर्भिसले बन्द कोठाको संसदीय समितिको बैठकलाई बतायो कि रुस–युक्रेन युद्धको अग्रपङ्क्तिमा ६०० उत्तर कोरियाली सैनिक मारिएका छन् भने ४ हजार ७०० जति घाइते भएका छन्,’ बैठकमा भाग लिने सांसदहरू मध्ये एक ली सेओङ क्वेनले बताए।

 

‘एनआईएसले जनवरी र मार्चको बीचमा मात्रै २ हजार घाइते उत्तर कोरियाली सैनिकहरूलाई हवाई वा रेलमार्फत उत्तर कोरिया फर्काइएको जनाएको छ,’ लीले पत्रकारहरूलाई भने।

उनका अनुसार युद्धमा मारिएका उत्तर कोरियाली सैनिकको रुसमा नै दाहसंस्कार गरिएको र त्यस मध्ये केहीको शव स्वदेश पठाइएको रिपोर्टमा उल्लेख गरिएको छ ।  एनआईएसका अनुसार जनवरीमा मात्रै करिब ३०० उत्तर कोरियाली सैनिक मारिएको र अन्य २ हजार ७०० घाइते भएको बताएको छ। गत महिना दक्षिण कोरियाली सेनाले नुमानित हताहत संख्या बढाएर ४,००० पुगेको पनि दावी गरेको छ ।

 

उत्तर कोरियाले सोमबार घोषणा गर्‍यो कि उसको नेता किम जोङ उनले ‘युक्रेनी नव–नाजी कब्जाकर्ताहरूलाई हटाउन र रुसी सशस्त्र सेनाको सहयोगमा कुर्स्क क्षेत्रलाई मुक्त गर्न सेना पठाउने निर्णय गरेको छ।’

 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यस पछि उत्तर कोरियालाई धन्यवाद दिँदै उत्तर कोरियाली सैनिकको बलिदानलाई नबिर्सने वाचा गरेका थिए ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖