• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बिहेका लागि जन्तीसहित निस्कने तयारीमा थिए बेहुला, फिल्मी शैलीमा प्रेमिकाले गरिन् अपहरण


  • धनकुटा खबर
  • .

काठमाडौँ । बिहेका लागि जन्तीसहित निस्कने तयारीमा रहेका दुलाहालाई एक युवतीले फिल्मी शैलीमा घरबाटै अपहरण गरेर लगेकी छन् ।

भारतको मध्य प्रदेश राज्यको दतिया जिल्लाकी काजल नाम गरेकी युवतीले झाँसीको रक्सा थाना क्षेत्रबाट बेहुलालाई नियन्त्रणमा लिएर प्रहरी चौकीमा गएकी हुन् । काजलले आफू बेहुलाको प्रेमिका रहेको दाबी गरिन् । आफूलाई छाडेर अर्कैसँग विवाह गर्न लागेको भन्दै उनले कुनै पनि हालतमा अरुसँग बिहे गर्न नदिने अडान लिइन् ।

प्रहरी चौकीमा दुई पक्षबिच छलफल भएको र यस क्रममा बेहुला र उनकी प्रेमिका भनिएकी काजलबिच विवाह गराउन सहमति जुटेको बताइएको छ । छलफलका क्रममा काजलले आफूहरू १० वर्षदेखि प्रेममा रहँदै आएको खुलासासमेत गरिन् ।

छलफलमा सहमति जुटेसँगै काजलले आफ्नै गाउँमा बेहुलालाई लगेर विवाहसमेत गरेकी छन् । बेहुलाले बिहे गर्ने भनिएको युवतीसँग भने बेहुलाकै काकाको छोराको बिहे गराइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖