• Tuesday 6th of October 2026

छोरीलाई करणीको प्रयास गरेको आरोपमा बुवा माथि उजुरी


  • धनकुटा खबर
  • .

धनगढी । धनगढीमा आफ्नै छोरीमाथि जबर्जस्ति करणीको प्रयास गरेको भन्दै प्रहरीमा उजुरी परेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा धनगढीकै पन्त थरका रिटायर्ड असईले आफ्नै छोरीलाई करणी गर्ने प्रयास गरेको भन्दै उजुरी परेको हो।

प्रहरी स्रोतका अनुसार आफ्ना अन्दाजी ५० वर्षीय बुवाविरुद्ध अन्दाजी २२ वर्षीया छोरीले करणी प्रयासको आरोपमा उजुरी दिएकी हुन्। अहिले उजुरीपछि पन्त फरार भएको बताइन्छ।

घटना १३ गते दिउँसोको भएपनि उजुरी भने आज (मंगलबार) दर्ता भएको हो। काठमाडौंमा पढ्दै जागिर गर्ने ती युवती घटनाको केही दिनअघिमात्र धनगढी (घर) आएकी थिइन्। बिदामा घर आएकी छोरीलाई पन्तले करणी प्रयास गरेको प्रहरी स्रोतको दाबी छ।

यस्तै पीडक पन्तलाई प्रहरीले खोजिरहेको भनेपनी सेटिङमा भगाइएको आरोप पनि लागेको छ। हिजोमात्र धनगढीमै रहेका उनी आज फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। अहिले उनको खोजबिनमा प्रहरी खटिएको जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖