• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

२६ वर्षीया महिलाको शव फेला


  • धनकुटा खबर
  • .

काठमाडौं। सुर्खेतको भेरीगंगामा एक युवती मृत भेटिएकी छिन्। गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीया प्रेमा ओली आइतबार दिउँसो मृत भेटिएकी हुन्।

भेरीगंगा नगरपालिका–१२ झिगेनारा खोलामा मृत भेटिएकी ओलीको आइतबार बेलुका मात्रै शव पहिचान भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

घटनास्थलमा पुगेका आफन्तले ओलीको शव पहिचान गरेका छन्। रत्न राजमार्गको छिन्चु-सुब्बाकुना सडक खण्डको छिन्चु बजारदेखि झन्डै एक किलोमिटरको दुरीमा उनको शव भेटिएको थियो।

पानीमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ। उनी शनिवार बिहान घरबाट छिन्चु बजार जान्छु भन्दै हिँडेको र घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो।

उनका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको र घरमा सासू, ससुरा, एक छोरीसहित बस्दै आएकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖