• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

गुडिरहेको मोटरसाइकलमाथि ढुंगा बज्रियो, गाउँपालिकाका शिक्षा अधिकृतको मृत्यु


  • धनकुटा खबर
  • .

दार्चुलाको लेकम गाउँपालिकाका शिक्षा अधिकृत ३८ वर्षीय केशवराज ओझाको माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको छ।

सोमबार लेकम गाउँपालिका–४ ओदालीमा भिरबाट खसेको ढुंगाले लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

लेकम गाउँपालिकाका प्रवक्ता सुरेशसिंह थापाका अनुसार वडा नम्बर ५ स्थित चौपातामा सोमबार शैक्षिक कार्यक्रम थियो। सामाजिक विकास कार्यालयले आयोजनाको गरेको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा ओझा सवार मोटरसाइकलमाथि ढुंगा बज्रिएको थियो।

ओदालीमा जेसिबीको प्रयोग गरेर सडक कटिङ्गको काम भइरहेको छ। मोटरसाइकल चलाइरहेका शिक्षा अधिकृत ओझामाथि ढुंगा बज्रिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि चौपाता हुँदै गोकुलेश्वर अस्पतालमा पु¥याइएको थियो। उपचारका क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖