• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

परस्त्रीसँगको सम्बन्ध लुकाउन सैनिक जवानले गरे श्रीमतीको हत्या


  • धनकुटा खबर
  • .

सुर्खेत । सुर्खेतको भेरीगंगामा मृत भेटिएकी प्रेमा वलीको हत्या भएको पुष्टि भएको छ । गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय वली आइतबार भेरीगंगा नगरपालिका—१२, झिंगेनारा खोलाका मृत भेटिएकी थिइन् ।

हत्या गर्ने उनकै श्रीमान् २९ वर्षीय दर्शन खत्री रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए । प्रहरीका अनुसार उनले प्रेमाको हत्या आफैंले गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

भेरीगंगाको झिगेनारा खोलामा पानीमा घोप्टो परेको अवस्थामा आइतबार बिहान उनको शव फेला परेको थियो । मृत भेटिएकी ओलीको बेलुका मात्रै घटनास्थलमा पुगेका आफन्तले शव पहिचान गरेका थिए ।

रत्न राजमार्गको छिन्चु–सुब्बाकुना सडकखण्डको छिन्चु बजारदेखि झन्डै एक किलोमिटरको दूरीमा उनको शव भेटिएको थियो । घटना शनिबार बेलुकाको भए पनि जङ्गलको बीचमा पर्ने खोलामा शव भएकाले कसैले देखेनन् ।

आइतबार बिहान १० बजेतिर जङ्गलमा थाकलको खजुरी (थाकल) टिप्न गएका स्थानीयहरूले खोल्सामा शव देखेपछि छिन्चु प्रहरीलाई खबर गरेका थिए । लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले अनुसन्धान थालेको डिएसपी बुढथापा बताउँछन् ।

उनका अनुसार अनुसन्धानका लागि प्रहरीको केनाइन शाखा नेपालगन्जबाट कुकुरसहितको टोलीसमेत ल्याइएको थियो । आइतबार बेलुका नै हत्या आशङ्कामा श्रीमान् दर्शन खत्रीलाई नियन्त्रणमा लिइएको डिएसपी बुढथापाले बताए । ‘प्रारम्भिक अनुसन्धान पछि उनका श्रीमानले नै हत्या गरेको प्रहरीको आशङ्का थियो’, उनले भने, ‘पछि केरकार गर्दा आफैंले हत्या गरेको बयान दिए ।’

प्रहरीको टोली पक्राउ गर्न घरमै पुगेपछि निकै हतोत्साहित बनेका दर्शन सुरुमा इन्कारी बयान दिएको प्रहरी बताउँछ । विचलित हुने, आत्तिने, फरक–फरक जवाफ दिने गरेपछि उनलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖