• Monday 5th of October 2026

पवनदीपको हिप र तिघ्राको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सुधारोन्मुख


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली। इन्डियन आइडलका विजेता उत्तराखण्ड निवासी पवनदीपको अमरोहामा दुर्घटना पछि हाल उपचार भइरहेको छ।

यो घटना गत आइतबार राति भएको थियो र सोमबार पवन दीपलाई गम्भीर अवस्थामा नोएडाको सेक्टर–६२ स्थित फोर्टिस अस्पतालमा भर्ना गरिएको थियो।

मंगलबार पवनदीपको हिप र तिघ्राको हड्डीको शल्यक्रिया गरिएको छ । यसपछि पनि पवनदीपको अवस्था स्थिर रहेको जनाइएको छ। पवनदीपको थप एक वा दुई शल्यक्रिया हुन सक्ने बताइएको छ।

अमरोहामा सडक दुर्घटनामा परी घाइते भएका टिभी शो इन्डियन आइडल–१२ का विजेता गायक पवनदीप राजनको पहिलो स्वास्थ्य अपडेट हिजो आएको थियो । नोएडास्थित फोर्टिस अस्पतालमा उपचाररत उनको मंगलबार पवनदीपको हिप र तिघ्राको हड्डीको शल्यक्रिया गरिएको थियो।

स्वास्थ्य अपडेटका अनुसार पवनदीपको मंगलबार रातिसम्म थप एक वा दुई शल्यक्रिया गरिएको थियो । यसपछि मात्र उनको स्वास्थ्यमा सुधार आउने अपेक्षा गरे अनुसार भएको छ।

पवनदीप राजनको अर्थोपेडिक टोलीको निगरानीमा उपचार भइरहेको छ । अर्थोपेडिक टोलीका अनुसार उनको धेरै हाड भाँचिएको जनाएको छ। हाल उनी सचेत छन् र उनको अवस्था स्थिर छ। उनको अवस्था खतरामुक्त रहेको बताइएको छ । उनले परिवारका सदस्यहरुसँग पनि कुरा गरिसकेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖