• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

अमेरिका छिर्ने क्रममा पक्राउ परेका २० नेपालीलाई काठमाडौं ल्याएर छाडियो


  • धनकुटा खबर
  • .

काठमाडौं : अमेरिकाले २० जना नेपालीलाई चार्टर्ड विमानबाट काठमाडौं ल्याएर छाडेको छ। ओमनी एयरलायन्सको फ्लाइट नम्बर OAE3148 बाट उनीहरूलाई बिहीबार काठमाडौं ल्याएर छाडिएको हो। ओमनी एयरलायन्सको उक्त विमान भारतको दिल्ली हुँदै काठमाडौं आएको हो।

स्रोतका उनीहरू पानामाबाट गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका थिए। पक्राउ परेका नेपालीहरूलाई पानामा सरकारको समन्वयमा अमेरिकाले नेपाल ल्याएको हो।

अमेरिकाले पहिलोपटक यति धेरै संख्यामा पानामामा पक्राउ परेकालाई नेपाल फिर्ता पठाएको हो। यसअघि पनि अमेरिकाले एकपटक ११ जना र एकपटक ३ जनालाई चार्टर्ड विमानबाट काठमाडौं ल्याएको थियो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागू गरेपछि अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका नेपालीहरू निष्कासनमा पर्दै आएका छन्। स्रोतका अनुसार दैनिकजसो अमेरिकाबाट नेपालीहरू निष्कासन भई काठमाडौं अवतरण भइरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖