काठमाडौं । भारत प्रशासित कश्मीरको जम्मू सहरमा विस्फोटको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
“ठूलो विस्फोट–बम विस्फोट, गोलाबारी वा क्षेप्यास्त्र हमलाको आशंका गरिएको छ,” जम्मू कश्मीर प्रहरीका पूर्वमहानिर्देशक शेष पल वैदले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै भने, “हाल त्यहाँ ब्ल्याकआउट छ ।”
जम्मू सहरको गुज्जर नगर पुलमा उपस्थित एक प्रत्यक्षदर्शीले बीबीसीलाई भने, “जम्मू विमानस्थलनजिकै १६ वटा वस्तुहरू खसेको देखेँ ।”
एक सुरक्षा स्रोतले एएफपी समाचार एजेन्सीलाई बताएअनुसार विमानस्थलमा विस्फोट भएको थियो ।
प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएअनुसार बजारहरू बन्द थिए र उनीहरूले मानिसहरू दौडिरहेको, साइरन बजिरहेको र सहरभरि बिजुली काटिएको देखेँ । बीबीसी र सीएनएनको सहयोगमा
