• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पाकिस्तानद्वारा जम्मू र पठानकोटमा ड्रोन आक्रमण : भारत


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । पाकिस्तानले जम्मू र पठानकोटमा ड्रोनबाट आक्रमण गरेको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । पाकिस्तानी ड्रोनहरूले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई निशाना बनाएको दैनिक भास्करको समाचारमा उल्लेख छ।

यसैबिच, जम्मूमा राति ८ बजेदेखि ब्ल्याकआउट गरिएको छ। सो क्षेत्रमा पाकिस्तान तर्फबाट भारी गोलाबारी भइरहेको छ। धेरै ठाउँमा विस्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन्।

यसैगरी पाकिस्तानले राजस्थानको जैसलमेरमा पनि ड्रोन आक्रमण गरेको बताइएको छ। भारतीय सञ्चारमाध्यमले जम्मू नजिकै पाकिस्तानको एफ(१६ विमान खसालेको दाबी गरे पनि यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
राजस्थानका सबै सीमावर्ती जिल्लाहरूमा ब्ल्याकआउट गर्न लगाइएको छ। पञ्जाब, जम्मू कश्मीर र राजस्थान उच्च सतर्कता अपनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖