• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

फेवातालमा हावाहुरीका कारण छालमा फसे पर्यटक


  • धनकुटा खबर
  • .

बैसाख २७ गते अन्दाजी १६ः४५ बजेको समयमा कास्की जिल्ला पोखरा महानगरपालिका–६ लेकसाईड स्थित फेवातालमा अचानक आएको हावाहुरीका कारण छालमा फसेका २ जनाको सशस्त्र प्रहरी बलले सकुशल उद्दार गरेको छ ।

काठको डुङ्गामा बोटिङ्ग गरि रहेको अवस्थामा छालका कारण अलपत्र परेका कास्की जिल्लाअन्नपुर्ण गाँउपालिका–३ बस्ने बर्ष ४८ को लक्ष्मण गुरुङ्ग र बर्ष ४८ को विजय गुरुङ्गको सशस्त्र प्रहरी बल, नेपाल नं. २४ कालिका गण कास्की बाट फेवाताल रेस्क्यू टावरमा खटिएको बिपद् ब्यबस्थापन टोलीले मोटर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो ।

हावा हुरिको मौसम भएकोले बिशेष गरि सांझको समयमा बोटिङ गर्दा साबधानी अपनाउन सशस्त्र प्रहरी बलले अनुरोध गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖