• Wednesday 7th of October 2026

सांसद पन्तको व्यङ्ग्य कविता : गोलभेँडाले के किन्लास् तैँले भनेर आँखा तर्छ !


  • धनकुटा खबर
  • .

काठमाण्डाै – नेकपा एमालेका सांसद रघुजी पन्तले महँगीले सीमा नाघिसक्दा पनि सरकार रमिते बनेको भन्दै संसद् बैठकका कविता सुनाउनुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकको शून्य समयमा बोल्ने क्रममा उहाँले दैनिक उपभोग्य वस्तुको मूल्य बढेर किनमेल गर्न नसकिने अवस्था आएको बताउँदै कविता सुनाएर सरकारको व्यङ्ग्य गर्नुभयो ।

उहाँले संसदमा सुनाएको कविता यस्तो छ :

खल्तीमा तलब हालेर हिँड्यो बजार
चामलको बोराले नाघ्यो तीन हजार

रहर दाल किलोको दुई सय पचास
बजारभाउ सुन्दा गुम्छ होस हवास

तरकारीले भाउ नै नसोध भने झैँ गर्छ
गोलभेँडाले के किन्लास् तैँले भनेर आँखा तर्छ

दशैँको पेस्की आउने कहिले कहिले, पेस्कीमा महँगी आयो
सरकारका घर त उज्याला होलान्, नहुनेको घरमा अहिल्यै अँध्यारो छायो

आउन लागेको दशैँ सम्झेर जनता मुर्छा पर्छ
सरकार गरिबको दशैँ यसपालि कसरी टर्छ ?
मेरो प्रश्न छ जवाफ देऊ सरकार, जनताको दशैँ यसपालि कसरी टर्छ ?

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖