• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

भुटानबाट काठमाडौं आउँदै गरेको महिला टोली सवार विमानमा गडबडी


  • धनकुटा खबर
  • .

भुटानको पारोबाट काठमाडौंका लागि उडेको एउटा विमानमा प्राविधिक समस्या देखिएको छ ।

उडेको १५ मीनेटमा ड्रुक एअरका पाइलटले विमानमा प्राविधिक समस्या देखिएको बताएपछि विमानलाई पारो विमानस्थलमै फर्काइएको छ ।

उक्त उडानमा रहेकी यात्रु शोभा ज्ञवालीले सुरक्षितसँग पारो विमानस्थलमा ओर्लिएको बताएकी छन् ।

ज्ञवालीलगायत नेपाली महिला टोली गत साता थिप्पुमा आयोजित महिला सम्मेलनमा भाग लिन गएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖