• Tuesday 6th of October 2026

आजदेखि २० रुपैयाँको नयाँ नोट प्रचलनमा


  • धनकुटा खबर
  • .

काठमाडौं, असोज १९ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारदेखि २० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ ।

साविककै आकार तथा रंगमा बैंकले संकेत नम्बर ठ८७ ०००००१ देखि त१८ ९९९९९९ सम्मका नोट बजारमा ल्याएको हो ।

राष्ट्र बैंकले सूचना जारी गर्दै नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुरासँसको छाप पनि रहेको जनाएको छ ।

यस्तै गभर्नरको दस्तखत रहेको स्थानमा गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘२०७९’ लेखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖