• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । पाकिस्तानसँग ५१ घण्टाको युद्धविरामपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विगत केही दिनमा आफूले देशको शक्ति र संयम दुवै देखेको बताएका छन् ।

आज राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले सबैभन्दा पहिले प्रत्येक भारतीयको तर्फबाट भारतको शक्तिशाली सेना, सशस्त्र बल, गुप्तचर एजेन्सी र वैज्ञानिकहरूलाई सलाम गरे । त्यसपछि भने, ‘हाम्रा बहादुर सिपाहीहरूले अपरेशनको उद्देश्य प्राप्त गर्न अपार साहस प्रदर्शन गरे। आज म उनको बहादुरी, साहस र वीरता हाम्रो देशका हरेक आमा, दिदीबहिनी र छोरीलाई समर्पित गर्दछु।’

आफूहरूले सशस्त्र बललाई आतंककारीहरूलाई मेटाउन स्वतन्त्र हात दिएको पनि उनले बताए । उनले भने, ‘यस आतंकवादी हमलापछि, सम्पूर्ण राष्ट्र, प्रत्येक नागरिक, प्रत्येक समाज, प्रत्येक वर्ग, प्रत्येक राजनीतिक दल आतंकवादविरुद्ध कडा कारबाही गर्न एक स्वरमा उभिएका छौँ, आतंककारीहरूलाई मेटाउन भारतीय सेनालाई स्वतन्त्रता दिएका छौँ। आज हरेक आतंकवादी संगठनलाई थाहा छ हाम्रा दिदीबहिनी र छोरीहरूको निधारबाट सिन्दुर निकाल्दा के परिणाम थाहा छ ।

अप्रिल २२ मा पहलगाममा आतंककारीहरूले देखाएको बर्बरताले देश र विश्वलाई स्तब्ध बनाएको उनको भनाइ थियो । उनले भने, ‘परिवार र बालबालिकाको अगाडि बिदा मनाइरहेका निर्दोष मानिसहरूको क्रूर हत्या आतंकको एकदमै भयानक अनुहार हो ।’

उक्त घटना आफ्नो देशको सद्भाव तोड्ने घृणित प्रयास भएको र त्यसले आफूलाई असह्य पीडा दिएको उनले बताए । ‘हाम्रा बहादुर सिपाहीहरूले अपरेशनको उद्देश्य प्राप्त गर्न अपार साहस प्रदर्शन गरे । आज, म उनको बहादुरी, साहस र वीरता हाम्रो देशका हरेक आमा, दिदीबहिनी र छोरीलाई समर्पित गर्दछु ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖