• Tuesday 6th of October 2026

हाकिम चढ्ने गाडी घरको पर्खालमा बजारिएपछि


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले चढ्दै आएको गाडी दुर्घटनामा परेको छ ।

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले चढ्ने बा १६ च ८७८८ नम्बरको गाडी बिहीबार राति दुर्घटनामा परेको हो ।

तर गाडीमा प्रमुख प्रशाकीय अधिकृत भने सवार थिएनन् । प्रहरीकाअनुसार सवारी चालकले मापसे गरेर गाडी चलाएको पाइएको छ । उनले राजमार्गमा रहेका छाडा पशु चौपाया जोगाउने क्रममा गोदावरी नगरपालिका–१० खमौराका उद्धबबहादुर देउवाको पर्खालमा गाडी बजारिएको थियो ।

गाडीको ठक्करबाट घरको पर्खाल भत्किएको छ भने मानवीय क्षति भएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖