• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

कुलपुजा गर्न गाउँ जाँदै गरेका श्रीमान–श्रीमतीको स्कारपिओ दुर्घटनामा मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० तिमिलेमा आज स्कारपिओ दुर्घटना हुँदा कुलपुजामा सहभागि हुन दाङबाट गाउँ गएका दम्पत्तिको मृत्यु भएको छ।

लुम्बिनी प्रदेश ०२००१ च ०१७७ नम्बरको स्कोरपियो दुर्घटना हुँदा सानीभेरी–१० सार्कीमारे घर भई दाङमा बस्दै आएका ५० वर्षीय नरबहादुर ओली र उनकी श्रीमती ४४ वर्षकी लीला ओलीको मृत्यु भएको हो।

प्रहरीका अनुसार नरबहादुरको घट्नास्थलमै र लीलाको उपचारका लागि चौरजहारीतर्फ लाँदै गर्दा बाटोमा मृत्यु भएको हो। दुर्घटनामा नरबहादुरकी माइली आमा र चालक गम्भीर घाइते भएका छन्। उनीहरुको चौरजहारीको मिसन अस्पतालमा उपचार भइरहेको रुकुम पश्चिमका डीएसपी प्रमेश विष्टले जानकारी दिए।

उनका अनुसार दाङबाट कुलपूजामा सहभागी हुन गाउँ आएका चालकसहित ४ जना सवार डबल क्याप स्कोरपियो दिउँसो २ बजे दुर्घटना भएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖