• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

सिर्जनाचोकस्थित मनिका रेष्टुरेण्टमा अवैध यौनजन्य क्रियाकलापमा संलग्नहरु पक्राऊ


  • धनकुटा खबर
  • .

पोखरा । पोखरामा मानव बचेबिखन सम्बन्धी मुद्दामा ३ जना युवक पक्राउ परेका छन् । पोखराको सिर्जनाचोकस्थित मनिका रेष्टुरेन्टमा अवैधरुपमा यौनजन्य क्रियाकलाप भइरहेको सूचना आधारमा प्रहरीले उनीहरुलाई मंगलबार दिउँसो साढे चार बजे पक्राउ गरेको हो ।

होटलबाट ५ जना महिलालाई उद्धार गरी सेफ हाउस पठाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मकवानपुर वकैया गाउँपालिका वडा नं. ४ स्थायी घर भई हाल पोखरा–८ सिर्जनाचोकमा मनिका रेष्टुरेण्ट सञ्चालन गरी बस्ने ४० वर्षीय पदम लुङ्वा, पोखरा–५, मालेपाटन बस्ने ५१ वर्षीय तेजनारायण तिमिल्सिना र तनहुँको ब्यास नगरपालिका वडा नं. ५ का २१ वर्षीय सलन गुरुङ पक्राउ परेका हुन् ।

उनीहरुलाई जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा ६ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिप्रका कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖