• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

विवाहेत्तर सम्बन्धका कारण बागबजारमा महिलाको हत्या, ४५ वर्षीय पुरुष पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९ मा एक जना महिलाको शव फेला परेको थियो । नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ मृत भेटिएकी हुन् ।

विमलाको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका घर भएका ४० वर्षीय रामचन्द्र पन्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । पन्त पूर्व भारतीय सैनिक हुन् । उनले अहिले भारतीय सेनाबाट पेन्सन बुझ्ने गरेको पाइएको छ ।

गेस्ट हाउमा विमलाको हत्या गरेर उनी फरार भएका थिए । मङ्गलवार भारतबाट नेपाल फर्किँदै गरेको अवस्थामा उनलाई नागढुंगाबाट पक्राउ गरिएको एसपी बोहराले जानकारी दिए । उनीहरू विवाहेत्तर सम्बन्धमा रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

हत्या भएको ११ दिनपछि सडेगलेको अवस्थामा नुवाकोटको सुर्यगढी नगरपालिका घर भएर काभ्रेस्थली बस्ने विमलाको शव फेला परेको थियो । घटनाबारे प्रहरी वृत्त सिंहदरबारले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖