काठमडौँ । उच्च अदालत पोखराको इजलासमा हावाहुरीसहित पानी परेपछि सबै मुद्दा पेसीबाट हटाइएको छ ।
बुधबार न्यायाधीशहरू रत्नबहादुर बागचन्द र मेरिना श्रेष्ठको संयुक्त इजलासले पानी परेपछि सुनुवाइ प्रभावित हुन गएको भन्दै प्रस्तुत मुद्दा, लगाऊका मुद्दा र बाँकी मुद्दाहरूसमेत आजको पेसीबाट हटाएको जनाएको हो ।
आज पोखरामा असिनापानीसहित ठुलो वर्षा भएको छ ।
