• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

पोखरामा ईभी माइक्रो दुर्घटना, तीनजनाको मृत्यु


  • धनकुटा खबर
  • .

पृथ्वी राजमार्गअन्तर्गत कास्कीको पोखरा महानगरपालिका–३२, लामेआहालमा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

मृतकको सनाखत भएको छैन । धादिङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६३० नम्बरको माइक्रो बुधबार दुर्घटनामा परेको हो ।

दुर्घटनामा चालकसहित आठजना घाइते भएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । घाइते चारजनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएकामा तीनजनाको मृत्यु भएको हो ।

बाँकी सात घाइतेको पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖