• Tuesday 6th of October 2026

खुकुरीले हानेर दुई जना घाइते बनाएका पञ्चबहादुरलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि पनि आक्रमण


  • धनकुटा खबर
  • .

दोलखाको शैलुङ गाउँपालिकामा खुकुरी प्रहारबाट एक प्रहरी जवानसहित ३ जना घाइते भएका छन् । घरायसी विवाद हुँदा शैलुङ गाउँपालिका–२ पुरानो गाउँका पञ्चबहादुर तामाङले आफ्नै ७५ वर्षीय बुवा रामबहादुर तामाङ र दाइकी बुहारी २७ वर्षीया जेनिशा तामाङलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।

साँझ बुबा रामबहादुरलाई खुकुरी प्रहार गरेको र उनलाई बचाउन गएकी बुहारी जेनिशालाई पनि खुकुरी प्रहार गरी घाइते बनाएको दोलखाका प्रहरी प्रमुख, डिएसपी दिपक खड्काले जानकारी दिए । प्रहरीका अनुसार खुकुरी प्रहारबाट रामबहादुरको टाउको र कानमा गम्भीर चोट लागेको छ । उनको अवस्था गम्भीर छ ।

यस्तै, जेनिशाको पनि टाउकोमा चोट लागेको जनाएको छ । घाइते दुवै जनालाई राति नै उपचारका लागि काठमाडौं पठाइएको छ । उनीहरुको जोरपाटी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

खुकरी प्रहार गर्ने पञ्चबहादुरलाई नियन्त्रणमा लिने क्रममा उनीहरुलाई हानेको खुकुरीको झटारो लागेर प्रहरी जवान भुप श्रेष्ठ सामान्य घाइते भएका छन् । खुकुरी प्रहार गर्ने तामाङलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖