• Tuesday 6th of October 2026

गुडिरहेको बसमाथि रुख ढल्दा पाँच जनाको मृत्यु, १७ घाइते


  • धनकुटा खबर
  • .

श्रीलंकामा शुक्रबार बिहान गुडिरहेको बसमाथि रुख ढल्दा पाँच जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार कोलम्बोबाट दक्षिणी श्रलङ्काको देनियायातर्फ जाँदै गरेको बसमाथि रुख खसेको हो । दुर्घटनामा घाइते १७ जनाको कोलम्बो नेसनल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनापछि कोलम्बोको व्यस्त सडकमध्येको एक डुप्लिकेसन सडकलाई हाल बन्द गरिएको छ ।

क्षतिग्रस्त बस र ढलेको रुखलाई सडकबाट हटाउने काम भइरहेकाले सवारी आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖