• Sunday 4th of October 2026

जेलमा रहेकी इरानी मानव अधिरकारकर्मी मोहम्मादीले पाइन् नोबेल शान्ति पुरस्कार


  • धनकुटा खबर
  • .

जेलमा रहेकी इरानकी मानव अधिकारकर्मी नार्गेस मोहम्मादीले यस वर्षको नोबेल शान्ति पुरस्कार पाएकी छन्।

नोबेल पुरस्कार समितिले शुक्रबार मोहम्मादीलाई इरानमा महिलामाथि हुने दमनविरूद्ध उनले गरेको लडाइँ र मानव अधिकार प्रवर्द्धन र सबैको स्वतन्त्रताका लागि गरेको योगदानका लागि नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो।

५१ वर्षीया मोहम्मादी अहिले जेलमा छन्। इरानी सरकारले उनलाई १३ पटक गिरफ्तार गरेको थियो भने ५ पटक दोषी ठहर गरेको थियो।
उनलाई ३१ वर्ष जेल सजाय र १५४ कोर्राको सजाय सुनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖